स्याङ्जामा चोरी गर्ने र चोरिका सामान किनबेच गर्ने ७ पक्राउ
स्याङ्जा | पुस १, २०७९
स्याङ्जा: स्याङ्जाको फेदिखोला गाउँपालिका ४ मा रहेका विभिन्न विद्यालयबाट सामानहरु चोरी गर्ने, चोरिका सामान किनबेच गर्ने ७ व्यक्तिहरु पक्राउ परेका छन् ।
२०७८।११।२२ गते राती फेदीखोला गाउँपालिका ४ टार्केमा रहेको आरुखर्क आधारभुत विद्यालयबाट कम्प्यूटर १ सेट, प्रिन्टर १ थान, मल्टिप्लग १ थना र २०७८।११।२४ गते राति आरुखर्क तल्लाचौरमा रहेको राम्चेदेवी आधारभुत विद्यालयबाट प्रोजेक्टर १ थान, डेल कम्पनीको कम्प्युटर १ सेट, एचपी कम्पनीको प्रिन्टर १ थान, ब्रोदर कम्पनीको फोटोकपी मेशिन १ थान, मल्टिप्लक १ थान चोरी भएको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनाल जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा स्याङ्जा फेदिखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ बस्ने १९ वर्षीय समिर सुना, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की पोखरा ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका १० रामबजार बस्ने २७ वर्षीय अमृत दरा,पोखरा महानगरपालिका २८ घर भई २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका २१ घर भई १७ बस्ने दिपेन्द्र पोखरेल रहेका छन् ।
पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरी संलग्न भएको र बाँकी चार जना चोरी भएको समान सप्लाई र खरिद विक्रीमा संलग्न रहेका थिए ।
चोरीका सामानमध्ये १ थान प्रोजेक्टर र १ थान प्रिन्टर लगायतका अन्य सामाग्रीहरुको अनुसन्धान गरी बरामद गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई चोरी तथा डाँका मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालबाट आज म्याद थप गरी अनुसन्धान गरीरहेको खनालले जनाउनुभएको छ ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

